कामना सेवा विकास बैंकको मोबाइल एपमा नयाँ सुविधा थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2021 | 12:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोबाइल बैंकिङ एप अपग्रेड गरेको छ । बैंकले मोवाईल बैकिङ्ग एप ओम्नी च्यानलमा स्तरोन्नती गरेको हो ।

यस अगाडि एपमा टप अप, फण्ड ट्रान्सफर, बिल पेमेन्ट को सुविधा रहेकोमा अब डिजिटल भौचर, ई क्यास, अपोइंन्ट बुक गर्ने, खर्च ट्रयाक गर्ने, बिल स्प्लित गर्ने लग्यताका सेवेया थप गरिएको बैंकले जनाएको छ   । बैंकका अनुसार यो  एप प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ साथै एउटै युजरनेम र पासवर्डले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७० वटा एटिएम मार्फत  सेवा  प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, सी आश्वा, सोसियल बैंकिंग लगायतका सेवा दिईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved