व्यवसायिक गाडी किन्न महालक्ष्मी विकास बैंकले ८० प्रतिशतसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2021 | 03:42:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउने भएको छ । एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्ससँग सम्झौता गर्दै महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद कर्तालाई ऋण दिने भएको हो ।

सम्झौता अनुसार एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ८ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ८० प्रतिशत सम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

देशका १०३ वटै शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved