शेयर लगानीकर्तालाई लक्षित गर्दै ज्योति विकास बैंकको नयाँ योजना, ६ वटा सेवा निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 01:05:46 PM मा प्रकाशित

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ ।  बैंकले शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको हो । 

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ। बैंकका अनुसार यस बचत खातामा नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क , नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा , र नि:शुल्क डेबिट कार्ड सुविधा पाउने छन् ।  

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५०% छुट र धितो रकममा ३०% छुटको सुविधाहरु पनि रहेको बैंकले जनाएको छ । ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिने  बैंकले उल्लेख गरेको छ।

बैंकले हाल १०५ शाखा कार्यालय, एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved