महालक्ष्मीका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 03:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited का ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । भैरहवा शाखाको अगुवाईमा बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता भएसँगै विभिन्न सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याब सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी विकास बैंकले देशका १०३ वटा शाखाहरुबाटसेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved