सहारा विकास बैंकको साधारणसभा आह्वान, गरिमामा गाभिने प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2021 | 10:10:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकले साधारणसभा आह्वान गरेको छ  कम्पनीले भदौ १२ गते शनिवार आर्थिक वर्ष ७४/७५. ७५/७६, र ७६/७७ को साधारणसभा आह्वान गरेको हो । साधारणसभा सर्लाहीको मलंगवा स्थित होटेल कुसुम एण्ड पार्टी प्यालेसमा हुने छ ।

सभामा उल्लेखित आर्थिक वर्षहरुको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक तोकी निजको पारिश्रमिक तय गर्ने, र संस्थापकको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जना गरि कुल ६ जना संचालक चयन गर्ने साधारण प्रस्ताव पेश हुने छ । 

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत गरिमा विकास बैंकमा गाभिने प्रस्ताव पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि डिडिए रिपोर्ट र स्वाप रेसियो पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि यस अघि भए गरेका सबै काम कारवाही तथा सम्झौताहरु अनुमोदन गर्ने, एकिकृत कारोबार सुरु भएपछि संचालकको बाँकि कार्यकाल स्वत समाप्त गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका विशेष प्रस्ताव साधारणसभामा पेश हुने छ । 

  सहारा विकास बैंक १:१ को स्वाप अनुपातमा गरिमा विकास बैंकमा गाभिने लागेको हो । अर्थात् हाल सहारा विकास बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले एकिकृत कारोबारपछि गरिमाको पनि १०० कित्ता शेयर नै पाउने छन् ।

कम्पनीको शेयर कारोबार २०७४ जेठ २६ देखि रोक्का रहेको छ । सो समय देखि कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved