
 2mb (1).gif)
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को पुननिर्मित डुम्रे शाखाबाट कारोबार सुरु भएको छ । बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकको तनहुँ जिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालय ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न संचालनमा ल्याईएको बैंकले जनाएको छ ।
बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।