
 2mb (1).gif)
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited र सम्यक डाईग्नोष्टिक प्रा लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने र यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुने बैंकएल जनाएको छ ।
नेपालकै पहिलो आई .एस.ओ १५८९- २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।