विकास बैंकहरुले पनि मागे ब्रोकर लाईसेन्स, अनुमति दिन धितोपत्र बोर्डलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2021 | 11:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर लाईसेन्सको अनुमति माग गर्दै विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले नेपाल धितोपत्र  ब्रोडलाई पत्र लेखेको छ ।   आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने ब्यबस्था ऐनमा रहेकोले  बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका संघले नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेको हो । 

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा “बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ” भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा “प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था अनुसार बिकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई पत्र लेखेका हुन्।

बिकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त लिइ बैंकिङ् सेवा प्रदान गर्दछन् ।  

राष्ट्रिय स्तरका बिकास बैंकहरुको औंषत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैंयाँ नाघि सकेको छ । त्यस्तैगरी बिकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई  बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तैगरी, २०७८ असार मसान्त सम्ममा ४४५ अर्व रुपैंयाँ निक्षेप परिचालन गरी ३८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved