टाटाका व्यासायिक गाडी किन्दा महालक्ष्मी विकास बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2021 | 04:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । यसका लागि सिप्रदि ट्रेडिङसँग सम्झौता पनि गरिसकेको छ । 

उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङ प्रा. लि. बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ । 

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ,


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved