फाइनान्सियल सेक्टरमा मुक्तिनाथ विकास बैंकको वित्तीय विवरण उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2021 | 06:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । फाइनान्सियल सेक्टरमा सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई अवार्ड प्रदान गरेको हो ।

मुक्तिनाथ विकास बैंकलाई आईक्यानले  नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो । आईक्यानले उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई आज आइतबार नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो ।  फाइनान्सियल सेक्टरको विधामा  लुम्बिनी विकास बैंक दोस्रो भएको छ । 

आईक्यानले विभिन्न ५ विधामा यो अवार्ड प्रदान गरेको हो । बैंकिङ सेक्टर, फाइनान्सियल सेक्टर, इन्स्योरेन्स सेक्टर, इन्स्योरेन्स सेक्टर, पब्लिक सेक्टर इन्टिटि र जनरल सेक्टर विधामा अवार्ड प्रदान गरिएको हो । 

जस अनुसार बैंकिङ सेक्टरको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाएको छ भने नेपाल एसबिआई बैंक दोस्रो उत्कृष्ट भएको छ । पब्लिक सेक्टर इन्टिटिको अवार्ड नेपाल दूरसञ्चार प्राधिकरणले पाएको छ ।  जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ भने चिलिमे हाइड्रो र एनएनसीएचएल संयुक्त रुपमा दोस्रो उत्कृष्टमा पर्न सफल भएका छन् । इन्स्योरेन्स सेक्टरमा भने कुनै पनि कम्पनीको तोकिएको अंक नपुगेकोले कसैले अवार्ड नपाएको आईक्यानले जनाएको छ ।  

आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved