मुक्तिनाथ कृषि कम्पनीद्वारा उत्कृष्ट साझेदार पुरस्कृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 04:38:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited सहित देशका व्यवसायीहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि. ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गर्दैछ । यस अवसरमा कम्पनीले देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने अभिप्रायले एउटा पे्रस वक्तव्य जारी गरेको छ ।

‘कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ’ वक्तव्यमा भनिएको छ, ‘विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लािग सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको जानकारी गराउन चाहान्छौ ।’

हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई सेवा दिँदै आएको छ । कम्पनीले कृषकहरुलाई आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दै आएको छ । 

कम्पनीले तेश्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७/०७८ मा उत्कृष्ट व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समुहहरुलाई पुरस्कृत गरेको छ । जसअन्तरगत गणपति एग्रिकल्चर प्रा.लि., धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमाडौँलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको कम्पनीले जनाएको छ । साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरिएको छ ।

तेश्रो वार्षिक उत्सवमा उपस्थित संचालक समितिका सदस्यहरु, मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सम्पूर्ण कर्मचारीहरु, विभिन्न जिल्लाहरुबाट उपस्थित व्यवसायिक साझेदारहरुमा कम्पनीले धन्यवाद दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved