कामना सेवाका ग्राहकलाई सोल्टी होटेलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 07:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र सोल्टी इन्टरप्राइज प्रा लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।  यस  सम्झौता पछि कामना सेवा विकास बैंकका कर्मचारी तथा  ग्राहकले सोल्टी क्राउन प्लाजा काठमाडौँ र सोल्टी वेस्टर्न प्रिमियर नेपालगंजमा विशेष छुट पाउने छन्  ।

सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले होटेलमा खाना र बेबरेज सामाग्रीमा १० प्रतिशत छुट पाउने छन् । बैंकको एटिएम कार्ड वा बैंकको ग्राहक खुल्ने अन्य कागजातको आधारमा यो छुट सेवा लिन सकिने बैंकले जनाएको छ  । 

 काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved