सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2021 | 08:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । आज नेप्से र बैंकबीच ९% व्याजदर भएको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर÷ऋणपत्र २०८७” नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो । सर्वसाधारणमा वितरण गरिएको ७,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।  

बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल रहेको थियो ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved