मुक्तिनाथले मुद्दतीमा १० प्रतिशत ब्याज दिने, मासिक रुपमा भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2021 | 06:31:53 PM मा प्रकाशित

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले  व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ । साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ ।

३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको बैंकले उल्लेख गरेको छ । यो ब्याजदर असोज १ गतेदेखि लागु हुने छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved