
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खातामार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराईने बैंकले जनाएको छ ।
यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।
कामना सेवा विकास बैंकले हाल १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।