विकास बैंकहरुको कर्जा लगानी ४ खर्ब नाघ्यो, एक सातामै बढाए साढे ५ अर्ब ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 12:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बिकास बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन्। एक सातामै विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढेको विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन 'डीबीएन' ले जनाएको छ। 

डीबीएनका अनुसार १५ वटा विकास बैंकहरुको निक्षेप एक सातामा अर्थात भदौ २६ देखि असोज १ गतेसम्म २ अर्ब ४ करोड ८० लाख रुपैयाँले बढेको छ भने कर्जा लगानी ५ अर्ब ५१ करोड ८० लाखले  बढेको छ।

प्रतिशतका हिसाबले गत साताको तुलनामा निक्षेप ०।५५ प्रतिशतले बढेर ४ खर्ब ५१ अर्ब ८१ करोड ९० लाख पुगेको छ भने कर्जा लगानी १।३९  प्रतिशतले बढेर ४ खर्ब २ अर्ब ४० करोड ३० लाख पुगेको छ। यो तथ्यांकमा कर्पोरेट, साहारा र साल्पाका व्यवसायिक तथ्यांक जोडिएको छैन।

त्यस्तै राष्ट्रिय स्तरको विकास बैंकहरुमा निक्षेप ०।५९ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड १० लाखले बढेको छ भने कर्जा लगानी १।४६ प्रतिशत अर्थात  ५ अर्ब ३९ करोड १० लाखले बढेको छ। निक्षेप ०।५९ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब ८४ करोड २० लाख पुगेको छ भने कर्जा लगानी १।४६ प्रतिशतले बढेर ३ खर्ब ७४ अर्ब १९ करोड ६० लाख पुगेको छ। 

त्यस्तै क्षेत्रीय स्तरको विकास बैंकहरुमा निक्षेप यथावत रहेको छ भने कर्जा लगानी १२ करोड ६० लाख रुपैयाँले बढेको छ। कर्जा लगानी ०।४५ प्रतिशतले बढेर २८ अर्ब २० करोड ७४ लाख रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved