
कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा ‘युनिफोकल रिगार्डिङ ग्लास’ को सेवा सुरु गरेको छ ।
बैंकले नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिगार्डिङ ग्लास’ को सेवा सुरु गरेको हो ।
यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गरेका हुन् ।