मुक्तिनाथ विकास बैंकले दसैँको विदामा पनि सेवा दिने, यी १० शाखा खुला रहने (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 09:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले दशैंको सार्वजनिक विदाको दिनमा पनि आफ्ना ग्राहकलाई बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। दसैँको फूलपाती, अष्टमी र नवमीमा काठमाडौ उपत्यका र उपत्यकाबाहिर १० वटा शाखा सञ्चालन गर्ने बैंकले जनाएको छ।   

ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको सार्वजनिक विदाको दिनमा पनि सिमित शाखाबाट सिमित समयको लागि बैंकिंङ सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ। 

बैंककाअनुसार असोज २६ गतेदेखि असोज २८ गतेसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म यी शाखा सञ्चालनमा रहनेछन। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्। 

इटहरी, भानुचोक जनकपुर, धादिङबेसी, कमलादी काठमाण्डौ, नागयणगढ, पृथ्वीचोक पोखरा, दमौली तनहुँ, पुतलीबजार स्याङ्जा, बुटवल र नेपालगन्ज शाखा यी दिन खुला रहनेछन्। 

यी शाखाहरु मार्फत नगद राख्न र झिक्न मिल्ने लगायतका अति आवश्यक सेवाहरुप्रदान गरिने बैंकले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved