मुक्तिनाथ विकास बैंक 'ग्लोबल एसएमई अवार्ड २०२१' बाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2021 | 03:51:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (IFC)  तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो ।

सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए । साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै "SME Financier of The Year- Asia"  विधामा सम्मानित भएको बैंकल जनाएको छ । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकले उल्लेख गरेको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।

 बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved