शांग्रिलाको ९८ शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 26, 2021 | 07:51:03 PM मा प्रकाशित

laxmi bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले  कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको आज वित्तीय साक्षारता कार्यक्रम संचालन गरेको हो  । 

विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षेरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। 

बैंकका अनुसार वचतको महत्व सिकाउने, बैंकिङ्ग कारोवार सम्बन्धि जन चेतनामुलक सन्देश प्रदान गर्ने, बिद्युतिय माध्यम द्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्वन्धि जनचेतना सृजना गर्ने उद्देश्यका साथ विशेष गरी वैंकिङ्ग सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यस सम्वन्धि कार्यक्रम आयोजना गरिएको हो । 

देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग  ६५००. जनाले उक्त कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ । 

  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved