सांग्रिला डेभलपमेन्ट बैंकको ९९ औं शाखा भुरिगाउँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 06:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज बिहिबार भुरिगाउँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै ठाकुरबाबा नगरपालिका वडा नं. ०१ भुरीगाउँ, बर्दियामा भुरिगाउँ शाखा संचालनमा ल्याएको हो । 

बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । भुरिगाउँ शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९९ पुगेको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको जनाएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत बैंक ले उल्ल्केख गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved