वार्षिकोत्सवको अवसरमा समाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 05:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले आफ्नो ९ शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । 

बैंकले कार्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेका हुन् । 

इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था “माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो ।

वैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो । चावहिल शाखा कार्यालयले चावहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो । 

वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेका थिए । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved