सांग्रिला डेभलपमेन्ट बैंक १८औं वर्षमा प्रवेश, सांग्रिला रेमिटको सुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2021 | 07:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले आफ्नो १७औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज २०७८ कात्तिक १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाएको हो ।

बैंकले आज कै दिन १००औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालयमा सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि सहयोग गरेको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले २ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

 १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई बैंकले सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved