शाइन रेसुङ्गा स्मार्ट मार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2021 | 04:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ।  यस सम्झौतासँगै   अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनैपनि शाखाकार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।

यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पुर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका इसेवाका नेटवर्क मार्फत जुनसुकै ठाउमा रेमिट्यान्स् पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौता बमोजिम विदेशमा रहेका  नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स् आइकनमा जानु पर्ने हुन्छ।

इसेवामनि ट्रान्सफरले परम्परागत तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

शाइन रेसुङ्गाडेभलपमेण्ट बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट “ख“वर्गको इजाजत प्राप्त गरी सञ्चालनमा रहेको राष्ट्रिय स्तरको विकास बैंक हो । लुम्विनी प्रदेशको बुटवलमा प्रधान कार्यलय रहेको साइन डेभलपमेण्ट बैंकको हाल नेपालभरर कुल ८० वटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन कार्यालय तथा ७ वटा एटिएम रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved