गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन ५ सय जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 03:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक योजना ल्याएको छ ।

फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान ल्याएको हो ।

यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक ५ सय जित्नेछन् । कात्तिक १५ देखि पौष १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved