कामना सेवाको अध्यक्षमा सुदीप आचार्य दोहोरिए, संचालक समितिमा अरु पनि निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 05:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैैंक Kamana Sewa Bikas Bank Limited को अध्यक्षमा सुदीप आचर्य दोहोरिएका छन् । उनीसँगै अन्य सञ्चालक समिति सदस्य पनि दोहोरिएका छन् । आज सम्पन्न बैंकको वार्षिक साधारणसभा पछिको पहिलो सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्ष र अन्य सदस्यलाई निर्विरोध दोहोर्याएको हो ।

संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालककोनिर्वाचन कार्यक्रम रहेको साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका हुन्।

साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु.२,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुूल १९.४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७८÷०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पी।के।एफ टि आर उपाध्याय एण्ड कम्पनी लाई नियुक्ति गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७÷०७८ कोवासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८÷०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved