गरिमा विकास बैंक १५औँ वर्षमा, यस्तो छ वित्तीय अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 05:36:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा बैंकले रक्तदान कार्यक्रम गरेको छ । 

१५औं बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा एकसाथ सञ्चालनमा ल्याएको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ सुरु गरेको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ । 

बैंकले हाल ११५ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिँदै आएको छ । 

बैंकले ६७.१६ अर्ब निक्षेप संकलन गरी ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved