लुम्बिनी विकास बैंकले खोल्यो एकसाथ ५ नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 05:43:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले एकसाथ ५ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोक, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ०५  स्थित मणिग्राम, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ०४,  बर्दघाट, दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ बि.पि. चोक र बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोकमा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले योसँगै  ३० वटा जिल्लामा उपस्थिती जनाएको छ । 

हाल बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।  शाखाबाहेक बैंकले १७ वटा एटिएमबाट पनि सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved