कामना सेवा विकास बैंकले फुटसल प्रतियोगिता गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 11:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले पुसको दोश्रोे हप्ता पहिलो 'कामना सेवा फुटसल' प्रतियोगिता आयोजना गर्ने भएको छ । “स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी बैंकले प्रतियोगिता आयोजना गर्न लागेको हो  । 

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन् । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ  एन्फा फुटसल कमिटिमा रहने बैंकले जनाएको छ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी हुने छन्।

 संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक  सुवेदीले बताए ।

    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved