सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो आफ्नै रेमिट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 07:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ । बैंकले देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषण को लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिंग प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवा समेत छिट्टै संचालनमा ल्याइने छ ।

बैंकको १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved