सांग्रिला डेभलपमेन्ट बैंकद्वारा टेनिस प्रतियोगिता प्रायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 02:41:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस  प्रतियोगिताको प्रायोजन गरेको छ ।  यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । 

 प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् । 

 टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले हार्दिक धन्यबाद तथा आभार ब्यक्त गरेका छन् । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved