लुम्बिनी विकास बैंक र पेमेन्ट सोलुसन्स् बीच डिजिटल कारोबार सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2021 | 05:40:36 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले आफ्नो डिजिटल कारोबारलाई स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।  

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

लुम्बिनी विकास बैंकले हाल ७७ शाखाहरु र १७ वटा एटिएमबाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved