महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 03:52:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  कोे सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा संचालन गरेको उक्त शिविरमा प्रमुखतस् कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको  बैंकले जनाएको छ ।

 शिविरमा करिव १०० जना लाभन्वीत भएको बैंकले उल्लेख गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागीे केही प्रयास र समयमै रोगबारे जानकारी होस भन्ने हेतुले उक्त कार्याक्रम आयोजना गरीएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले जानकारी गराए । का.म.न.पा. वडा नं. ४  का वडा अध्यक्ष मोहन बहादुर बिष्टले बैंकको कामको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।  

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved