मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सीएसआर कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 01:24:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।  बैंकले मंसिर महिनामा  २ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको जनाएको हो ।

बैंकले गो.न.पा –०१ दुङ्गासाँघु, ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि रु १७,००० को आर्थिक सहयोग गरेको हो । त्यस्तै बैंकले आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्य लिएकोे सरोज टेबल टेनिस फर अल क्लबलाई , सोहि आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुलाई निशूल्क टेबल टेनिसको तालिम दिन बैंकले रु ४०,००० को आर्थिक सहयोग गरेको छ ।  

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved