मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 12:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved