महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 04:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited कोे महेन्द्रनगर शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । 

महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत प्रदान गरिएको बैंकको महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए । 

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहि अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगाएत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो । 

बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा स्थाीयले खुशी व्यक्त गरेका छन् । 

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved