सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ सुवेदी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 10:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी पक्राउ परेका छन्। मोरङ प्रहरीले सुवेदीलाई बुधबार बेलुका बिराटनगरबाट पक्राउ गरेको हो 

सुवेदी सहित बैंकका अन्य २ कर्मचारी पनि पक्राउ परेका छन् । प्रहरीले बैंकका वित्तीय प्रमुख देवी प्रसाद भण्डारी र बैंकका अप्रेसन प्रमुख अमित थापा मगरलाई पनि पक्राउ गरेको छ । 

बैंकमा १५ करोड ७५ लाख हिनामिना भएको उजुरी परेपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यस अघि बैंकका कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेर छानविन गरेको थियो । भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हुन् । भट्टराईको बयानको आधारमा प्रहरीले सीईओ सहित अन्य २ कर्मचारीलाई पनि पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बैंकमा सीइओले आफ्नो परिवार र आफन्तलाई भर्ना गरेर मिलेमतोमा आर्थिक अपचलन गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ । भट्टराई र सीइओ सुवेदी मामा–फूपूको छोरा भएको खुलेको छ । 

यस प्रकरणमा राष्ट्र बैंकले पनि आन्तरिक छानविन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved