महालक्ष्मी विकास बैंकद्वारा ट्रि गार्ड प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 06:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंककोे बाँसगढी शाखाले बाँसगढी नगरपाीलकालाई ट्री गार्ड प्रदान गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपाीलकालाई बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका हेतु दश थान ट्री गार्ड सहयोग स्वरुप प्रदान गरेको हो ।

 आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।  

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved