महालक्ष्मी विकास बैंक र मोडर्न रेमिट्यान्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 02:45:54 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited र मोडर्न रेमिट्यान्स प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साधु राम खड्काले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् । अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिटान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न पनि सक्नेछन् ।

बैकले हालसम्म २७ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved