मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटेल ड्यानडलियनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 03:39:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको होटेल ड्र्यानडलियनमा छुट पाउने भएका छन् । बैंक र होटलबीच सम्झौता भएसँगै ग्राहकले उक्त होटलमा छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट , रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

बैंकले त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved