सांग्रिला डेभलपमेन्ट बैंकको १०८ औं शाखा चौरजहारी बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 05:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) मा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो । 

चौरजहारी शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा विश्वस्त रहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved