मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सि.सि.टिभी क्यामेरा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 04:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सि.सि.टिभी क्यामेराहरु लागि सहयोग गरेको छ । बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति सँगको सहकार्यमा बागेश्वरी मन्दिरमा ८ थान सि.सि.टिभी क्यामेराहरु एक कार्यक्रम बीच जडानको शुभारम्भ गरेको हो ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न  विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको एटिएम मसिनमा आवद्ध अन्य जुन सुकै बैंकको भिसा नेटवर्कबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved