महालक्ष्मी विकास बैंकको नयाँ खाता योजना: दैनिक मौज्दातमा ब्याज गणना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 01:51:14 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रुपैयाँ मै खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । त्यस्तै ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने बैंकले जनाएको छ ।  बैंकका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved