महालक्ष्मी विकास बैंकद्वारा कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 01:56:34 PM मा प्रकाशित

laxmi bank sanima

महालक्ष्मी विकास बैंकले  कैलाली उद्योग बाणिज्य संघको कार्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकको हसुलिया शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  द्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए ।

सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। 

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत  वित्तिय सेवाहरु  प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved