गरिमाका ग्राहकले बजेट पसल डट कमबाट सामान किन्दा छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 05:05:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा छुट पाउने भएका छन् । 

बैंक र ई–कमर्श साईट बजेट पसल डट कमबीच भएको सम्झौता अनुसार बजेट पसलबाट सामान खरिद गर्दा बैंकका ग्राहकले ५ प्रतिशत छुट पाउने छन् ।

सम्झौता अनुसार बजेट पसल डट कमको अनलाईनबाट ३ भन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा छुट पाईनेछ । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, र्ईन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved