मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 04:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी न.पा. १, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ । 

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमका बीच सहयोग रकमको चेक हस्तानतरण गरेको हो ।

कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतमको उपस्थिति थियो । मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भारमा मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने बैंकको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved