महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनियताको सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 07:34:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज सोमबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अध्यक्ष उपाध्यायलाई  पद तथा गोपनियताको सपथ गराएकि हुन् ।

बैंकको फाल्गुन १३ गते सम्पन्न भएको बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय,  संजय गिरी र दिपक कुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट  श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र  रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए।  सोहि दिन बसेको संचालक समितीको.५१८.औं बैठकले  राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved