कामना सेवा विकास बैंकद्वारा शिवरात्रीमा भक्तजनहरुलाई पानी र जुस वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2022 | 06:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महाशिवरात्रीको अवसरमा कामना सेवा विकास बैंकले पशुपतिमा पुगेका भक्तजनहरुलाई पिउने पानी र जुस वितरण गरेको छ । बैंकले पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको हो ।

यसै गरी काठमाडौं–३०, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत पानी र जुस वितरण गरिएको बैंकले जनाएको छ । यसका लागि बैंकका कर्मचारीहरु बिहानैबाट खटिएका थिए ।

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved