कामना सेवा विकास बैंकका थप ३ शाखा चितवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 06:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिका ८ स्थित पर्सा बजारमा, कालिका नगरपालिका ४ स्थित पदमपुरमा र भरतपुर महानगरपालिका २५ स्थित अमृतचोकमा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अनुसार फागुन १८ गतेदेखि कारोबार शुभारम्भ गरिएको हो । 

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

बैंकले १३२ शाखा, १ वटा विस्तारित काउन्टर, ४ वटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved