महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका सामाग्री प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 06:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका १९ हेम्जास्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले उक्त विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

साथै, बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यस खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा ५ लाख सम्मको दुर्घटना विमा, निशुल्क मोवाइल वैकिङ्ग , निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने बैैंकले जनाएको छ ।

बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved